प्रचण्डले ज्ञानेन्द्र पथ अनुसरण गरे : बाबुराम भट्टराई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र पथ अनुसरण गरेको पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् ।

कान्तिपूरका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयबाटै पक्राउ गरेपछि भट्टराईले सामाजिक सञ्जाल एक्स मार्फत सो कुरा बताएका हुन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्

अंग्रेजीमा एउटा भनाइ छ-‘ You should not only be good, you should appear to be good.’ (‘तिमी राम्रो मात्र होइन, राम्रो देखिनुपर्छ ।)

जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन।

झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्ड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं!

आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउॅमा हुॅदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु!

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर