टीकापुरको जग्गा ५० हजारमा किनेको हुँः आरजु राणा

कांग्रेसकी सांसद डा. आरजु राणाले टीकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद राणाले टीकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताइन् । उनले आफूले ०५३ सालमा जग्गा किनेको भए पनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको जानकारी दिइन् ।

उनले पत्रकारहरुलाई टीकापुरको जग्गा आफैं गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह गरिन् । सांसद राणाले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताइन् ।

‘गृहमन्त्रीको अभिव्यक्तिलाई मैले कसरी हेर्नु ? जनताले कसरी हेरेका छन् त्यो सोध्नुहोस् न । समिति नै नबन्नु चाहिँ कहाँको कुरा हो ? यो प्रजातन्त्र हो नि । यो हुकुमी शासन हो र ? नेपाली कांग्रेसले जनताको बचाउ जहिल्यै पनि गरेर आएको छ । अहिले पनि हामी गर्ने नै छौँ । सहकारी पीडितहरु रोइरहेका छन् । न्यायोचित छानबिन होस् । यो गर्ने सदनको काम होइन ? यो पनि नगरे के गर्ने त सदनमा ?,’ उनले भनिन् ।

उनले कांग्रेसले जहिल्यै पनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर