संसद्मा आज : धन्यवाद प्रस्ताव पारित, राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता

प्रमुख प्रतिपक्ष कांग्रेसको विरोधबीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा २०७९ नियम ३७ को उपनियम २ बमोजिम धन्यवाद प्रस्ताव प्रस्तुत गरेका थिए । विपक्षमा मत नपरेको भन्दै उनले धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेकोको सम्बोधनको प्रति प्रतिनिधि सभा बैठकमा पेश गरेका छन् ।
यस्तै, प्रतिनिधि सभाबाट राजनीतिक दलसम्बन्धि संशोधन विधेयक–२०८० लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

कांग्रेससहितका विपक्ष दलहरुको वेल घेराउ र नाराबाजीका बीच उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा पेस गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ ११ शुक्रवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर