कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
८ जेठ २०८१ १३:०९
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतले उनको नाममा पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।
सिरोहियाविरुद्ध गत वैशाख १६ मा जिल्ला प्रहरी कार्यालय धनुषामा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । उनले विभिन्न निकायमा दुईवटा नागरिकता पेस गरेको र नागरिकता नम्बर पनि नक्कली रहेको आरोप छ ।
सर्लाहीका इन्द्रूजित प्रसाद महतोले सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै उजुरी दिएका थिए ।
सिरोहियाले यसअघि नै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले सुनुवाइ गर्दै गृहम मन्त्रालयसँग अनुसन्धान गर्नुपर्ने कारण माग गरेको छ ।
प्रतिक्रिया