चारै सुरक्षा निकाय प्रमुखको सहभागितामा बाग्मती सुरक्षा समितिको बैठक
८ जेठ २०८१ १२:५०
बाग्मती प्रदेशको सुरक्षा समन्वय समितिको बैठक आजदेखि हेटौंडामा सुरु भएको छ । बैठकमा सुरक्षा निकायका प्रमुख तथा प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी छन् ।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सहभागी छन् । बैठकको उद्घाटन बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्नेछन् ।
बैठकमा प्रदेशभरको शान्ति सुरक्षा, सेवा प्रवाह, विपद् नियन्त्रणबारे छलफल हुनेछ । प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठ, संघीय गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रवक्ता नारायण भट्टराई लगायत सहभागी हुनेछन् ।
प्रतिक्रिया