
नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो : विप्लव


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन्।
पद र कुर्सीका लागि नेताहरु राष्ट्रिय हितमा अडिन नसक्दा मुलुक एकदमै कमजोर अवस्था पुगेको उनको तर्क थियो। सोमबार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरु पदीय लोभमा फस्दा शान्ति प्रक्रियाका बाँकी कामहरु पनि ओझेल परेको दाबी गरे।
उनले नेपालको संविधान विगतका सबै संविधानहरुभन्दा उत्कृष्ट भए पनि त्यसको कार्यान्वयनमा लाग्ने काममा नेताहरु पछि परेको बताए। महासचिव चन्दले बेपत्ता योद्धाहरुलाई राष्ट्रिय सम्मान गर्ने कुरामा राज्यले स्वामित्व लिने कुरामा ढिलाइ गर्न नहुने पनि बताए।
महासचिव चन्दले मुलुकलाई अघि बढाउन नेताहरुले आत्मनिर्भरताको बाटो रोज्नुपर्ने आवश्यकता पनि औंल्याए।
प्रतिक्रिया