कांग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछः प्रधानमन्त्री
७ जेठ २०८१ १५:३५
संसद्मा सोमबार कांग्रेसको प्रस्तुतिको मूल्य उसले आउने चुनावमा चुकाउनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
विश्वासको मत लिएर संसद् भवन बाहिरिने क्रममा सञ्चारकर्मीले ‘कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्छ ?’ भनेर गरेको प्रश्नमा प्रचण्डले आउने चुनावमा देखिने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आज चौंथोपटक विश्वासको मत लिएका हुन् । विश्वासको मत लिने विषयमा विश्वमा धेरै रेकर्ड बनेको उल्लेख गर्दै उनले आवश्यक परे १०–१२ पटक विश्वासको मत लिने बताए ।
संसद्मा उनले विश्वासको मत लिने क्रममा कांग्रेस सांसदहरुले विरोध र नाराबाजी गरेका थिए । विश्वासको मत लिन पनि अवरोध गरेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्ति गरेका थिए । कांग्रेसको उक्त गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने चेतावनी उनले दिएका थिए ।
प्रतिक्रिया