संसद्लाई ब्यारेक बनाएर सरकारले विश्वासको मत लियो : कांग्रेस

प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्लाई ब्यारेक बनाएर सरकारले विश्वासको मत लिएको बताएको छ ।

आज पार्टीको संसदीय दलको बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार निरंकुशतातर्फ अघि बढेको आरोप लगाए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा कांग्रेसको विरोधप्रति चेतावनी दिएकोमा पनि नेता लेखकले आपत्ति जनाए । ‘जंगलबाट तपाईंलाई राजनीतिमा ल्याउने को हो ? तपाईंलाई शान्ति प्रक्रियामा कसले ल्याएको बिर्सिनु भयो ?’ उनले प्रश्न गरे ।

सभामुख देवराज घिमिरेको भूमिकामा पनि कांग्रेसले प्रश्न उठाएको छ । उनको भूमिका निष्पक्ष हुन नसकेको कांग्रेसको आरोप छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर