कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

बैठक मंगलबार सवा १ बजेसम्मका लागि स्थगित भएको छ । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरुमाथि औंला ठड्याउने काम भइरहेको बताए ।

उनले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गरे । अध्यक्षको आग्रहपछि पनि कांग्रेसले उठेर विरोध जनाएपछि बैठक मंगलवारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *