कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनीः संसद् अवरोधको मूल्य चुकाउनुपर्नेछ
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा गरेको अवरोधको मूल्य कांग्रेसले चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
सोमबार विश्वासको मत मागिसकेपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको बताए । विगतमा आफूले कांग्रेसलाई पटक पटक साथ दिएको तर कांग्रेसले आज आफूविरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने दाहालको चेतावनी थियो ।
‘म अवरोधमा रहेका मान्यज्युहरुलाई खासगरी नेपाली कांग्रेसका सबै मान्य सदस्यहरुलाई भन्न चाहन्छु, तपाईंहरुले आज गलत गर्नुभयो । तपाईंहरुले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक पटक साथ दियो, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुले संवाद र सहमतिको बाटोतर्फ ल्याउन सहयोग गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । त्यसको निम्ति म गहिरो दुःख प्रकट गर्न चाहन्छु । तपाईंहरुले नेपाली काँग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ, आजको तपाईंहरुको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ, कलंकको रुपमा,’ उनले भने ।
प्रधानमन्त्री दाहालले कांग्रेसको आजको संसदको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा स्थपित हुने बताए ।
प्रतिक्रिया