काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु
काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ ।
बिहानैदेखि काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको मौसमविद् चिरन्जिवी भेटवालले बताए ।
पर्दाफास डटकमसँग भेटवालले भने, स्थानीय वायुको प्रभावले काठमाडौंका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ, वर्षा सुरु भएपछि हावाहुरी कम हुन्छ, वर्षा भएका ठाउँमा हावाहुरी कम भइसकेको छ, ।
आज काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत उनले बताए ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।
उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी आज बागमती, कोशी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए ।
प्रतिक्रिया