इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना

इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले हार्ड ल्यान्डिङ गर्नुपरेको हो ।

इरानका गृहमन्त्रीका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ । तर मौसमका कारण यहाँ (घटनास्थल) अवस्था कठिन छ ।  बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।  यो पहाडी र जंगलले भरिएको क्षेत्रमा भिजिबिलिटी पाँच मिटरसम्म मात्रै रहेको छ ।

हेलिकप्टरले हार्ड ल्यान्डिङ गरेको क्षेत्र ताब्रिज सहरबाट पचास किलोमिटर टाढा भार्जेकन सहर नजिक छ। स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति रईसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गरेपछि ताब्रिज सहरतर्फ जाँदै थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर