प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौंः माधवकुमार नेपाल
सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले सोमबार (भोलि) चौंथो पटक संसदमा विश्वासको मत लिँदै छन् । अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट पारे । आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीहरुलाई उनले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र द्विविधा नपाल्न पनि आग्रह गरे ।
‘भोली प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्नुभएको छ । किनभने हामी सरकारमा छौं । हामीले विश्वासको मत दिन्छौं,’ नेपालले भने । अध्यक्ष नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरुले ध्यान दिनुपर्ने समेत बताए ।
प्रतिक्रिया