कैलालीमा प्रहरी हिरासतमा बेहोस भएका युवकको मृत्यु

कैलालीमा प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा बेहोस भएका युवकको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–८ का बुद्धिराम चौधरी छन् । उनी भन्सार छलीको आरोपमा सामानसहित पक्राउ परेका थिए । बेहोस भएपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीको मृत्युको कारण प्रहरीले खुलाएको छैन । उनीमाथि भन्सार कार्यालयले अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर