प्रतिनिधि सभा बैठक २ बजे बस्ने

संसदीय छानबिन समितिको कार्यादेश तोक्ने जिम्मेवारी पाएको कार्यदलको बैठक नसकिएपछि संसदको बैठक २ बजे सरेको छ ।

कार्यदलले आज बिहानदेखि बैठक थाले पनि कार्यादेश टुंगो लगाउन नसकेको हो । समितिको संयोजकमा कानुनमन्त्री पदम गिरी छन् । सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो ।

उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजे सूचना जारी गरेर २ बजेलाई सरेको जानकारी दिइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर