सत्ता गठबन्धनविरुद्ध साना दललाई खडा गर्ने प्रयास भइरहेको छः शंकर पोखरेल

एमालेका महासचिव शंकर पोखरेलले साना दललाई नयाँ समीकरणविरुद्ध खडा गर्ने प्रयत्न भइरहेको बताएका छन् ।

प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विगतमा एमाले फुटाउन ल्याइएको २० प्रतिशतको कानुनअनुसार अहिले साना दलमा फुट आएको बताए । दललाई फुटाउन अहिले २० प्रतिशत ल्याएको भनी गलत सन्देश दिन खोजिएको उनको भनाइ छ ।

उनले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताए । वर्तमान गठबन्धन बाह्य हस्तक्षेप बिना गठन भएको उनको भनाइ थियो । ‘यो गठबन्धन नेपालका राजनीतिक दललाई बाह्य हस्तक्षेप बिना निर्णय प्रक्रियामा प्रवेश गर्नुपर्दछ, भन्ने प्रयास हो,’ उनले भने ‘यो प्रयासमा चित्त नबुझ्नेहरु अस्थिरता सिर्जना गर्ने ध्याउन्नमा छन् ।’

संसद्मा भइरहेका गतिविधिले सुखद सन्देश नदिएको उनको धारणा छ । नेपालमा राजनीतिक अस्थिरता, अराजकता र मौलिक संस्कृतिमाथि अतिक्रमण मुख्य समस्या रहेको पोखरेलको भनाइ छ । नेपालमा पछिल्लो समय आर्थिक सुधारका सूचक सकारात्मक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *