संसदमा उपप्रधानमन्त्री लामिछाने बोल्दा अवरोध गर्दैनौंः कांग्रेस

कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बोल्दा अवरोध नगर्ने भएको छ ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति नबनी सरकारी काममा प्रवेश गरेको खण्डमा भने संसद अवरुद्ध हुने स्पष्ट पारे ।

संसदभित्र सत्तापक्ष र प्रतिपक्ष दलका बीचमा संसदीय छानबिन बनाएर जाने भन्नेकुरामा सहमति भइसकेको र त्यसलाई कांग्रेसले सकारात्मक रुपमा लिएको उनको भनाइ थियो । नेता लेखकले टिओआर बनाउने कुरामा पनि दलहरुका बीचमा छलफल भएर कुराकानी भइरहेको पनि स्पष्ट पारे ।

‘संसदभित्र सत्तापक्ष र प्रतिपक्ष दलका बीचमा संसदीय छानबिन बनाएर जाने भन्नेकुरामा हिजो नै सहमति भएको छ । त्यो विषयलाई हामीले सकारात्मक रुपमा नै लिएका छौँ । समिति बनाउने भन्नेकुरातिर नै अघि बढ्ने कुरा छ । टिओआर बनाउने कुरामा पनि दलहरुका बीचमा छलफल भएर कुराकानी भइरहेको छ । सरकारी बिजनेसमा प्रवेश गर्न भन्दा पहिला समिति बनाइसक्नु पर्छ,’ लेखकले भने ।

उनले टिओआर बनाउने कुरामा सहजता प्रदान गर्न आग्रह गरे । टिओआर बनाइसकेपछि सरकारी बिजनेसमा प्रवेश गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर