समिति गठन गर्न सत्तापक्ष र प्रतिपक्ष दलहरू सहमत भएका छन् । तर त्यसको कार्यादेश के हुने भन्ने टुंगो लागेको छैन । कार्यादेश टुंगो लगाउन कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ । सो कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी छ ।
सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै
६ जेठ २०८१ १०:१९
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक सञ्चालनका सम्बन्धमा प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् । सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँगको बैठक बिहान साढे १० बजे आह्वान गरेका हुन् । प्रतिनिधि सभाको बैठक भने बिहान ११ बजे तय भएको छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया