मुलतः समिति बनाउने र कार्यादेश (टीओआर) कस्तो हुने भन्ने विषयमा काम गर्दै जाने सहमति भएको उनले बताए।
‘मुलतः समिति बनाउने सहमति भयो। समितिको कार्यादेश कस्तो हुने भन्ने विषयमा पनि काम गर्दै जाने भन्ने कुरा भयो,’ उनले भने।
‘सकारात्मक छलफल भएको छ, सकारात्मक रुपमै अघि बढ्छ भन्ने हामीले विश्वास लिएका छौँ,’ लेखकले भने, ‘समिति बनाएर जानुपर्छ भन्ने भयो, त्यसमा सबैको सहमत भएको छ।’
समिति गठन गरेर जाने भन्ने कुरामा सबै राजनीतिक दलहरूबीच समान धारणा बनेको भन्दै आजको छलफललाई उपलब्धीमुलक मान्नपर्ने उनले बताए।
‘कार्यदेश के हुने भन्ने कुरामा पनि काम गर्ने कुरा भएको छ। समिति गठन गरेर जाने भन्ने कुरामा सबै राजनीतिक दलहरूबीच समान धारणा बनेको छ। आजका लागि यसलाई उपलब्धिमुलक भएको छ।’
प्रतिक्रिया