संसद्को गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्न नहुने बताएका छन् । 

कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा आज उनले देशभित्र राजनीतिक संकटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रुपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताए ।

देशभित्र आर्थिक संकट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एकठाउँमा आउन उनले आग्रह गरे। 

पुस्तकको विमोचन गर्दै विमोचित पुस्तकले देशको आर्थिक र सामाजिक अवस्थाको चित्रण गरेको उल्लेख गरे । राजनीतिक व्यक्तित्वलाई लेखन र साहित्यको अभ्यासले सरल मान्छे बन्न सहयोग गर्ने  धारणा राख्दै महामन्त्री शर्माले राजनीतिक व्यक्तिले अध्ययनशील बन्न र लेखन अभ्यास गर्न जोड दिनुपर्छ भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *