एपीएफले जित्यो ललितपुर मेयर्स वुमन्स कपको उपाधि
५ जेठ २०८१ १३:३३
सुदूरपश्चिमलाई २ रनले हराउँदै एपीएफले ललितपुर मेयर्स वुमन्स टी–२० कपको उपाधि जितेको छ । एपीएफले लगातार तेस्रो पटक उपाधि जितेको हो । यसअघिका दुई संस्करणको उपाधि एपीएफले नै जितेको थियो ।
आज त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा एपीएफले १५६ रनको लक्ष्य दिएको थियो । तर सुदूरपश्चिमले ५ विकेटको क्षतिमा १५३ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमकी कविता जोशीले ४५ बलमा ६७, लक्ष्मी साउदले २९, बिन्दु रावलले १९, सावित्रा धामीले १२ बनाए । एपीएफकी करुणा भण्डारीले २ तथा सुमन बिष्टले एक विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफको तर्फबाट सीता रानामगरले ७४ र राजमती ऐरीले ५० रन बनाएका थिए । सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले एक/एक विकेट लिएका थिए ।
प्रतिक्रिया