नेपाल प्रहरीका चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

गृह मन्त्रालयले शुक्रबार अबेर राती नेपाल प्रहरीका चारजना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिले एसएसपीहरु कृष्णहरि शर्मा पाेखरेल, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।

सरकारले हालै एआईजीमा उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बढुवा गरेपछि २ डीआईजी पद रिक्त भएको थियो । यस्तै, डीआईजी विकासराज खनाल पनि उमेर हदका कारण अवकाशमा गएपछि ३ डीआईजी पद रिक्त भएको हो ।

अब डीआईजी सुरेन्द्र मैनाली जेठ १० मा उमेर हदका कारण अवकाशमा जाने भएपछि ४ डीआईजी पद रिक्त भएको हो ।

बढुवा सिफारिस भएका कृष्णहरि शर्मा पोखरेल आईजीपी बसन्तबहादुर कुँवरको ब्याची भएपनि उनी २०५२ कार्तिक २७ मा भर्ना भएका हुन् । यस्तै दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी २०५४ चैत्त १८ का भर्ना हुन् ।

अब यसपछि महानिरीक्षकको दौडमा अहिले बढुवा भएका चारजना प्रमुख दावेदार रहने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर