न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशंकाहरुको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासका लागि संवद्ध सबै पक्षका प्रयासहरु केन्द्रित हुनुपर्ने बताएका छन्।

शुक्रवारबाट काठमाडौंमा सुरु भएको कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्। प्रधानन्यायाधीश श्रेष्ठले विशेष गरी आम नागरिकहरु विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामुलक कार्य सम्पादन अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि नेपाल बार एशोसिएशन, कानून व्यवसायीहरु र अदालतले मिलेर काम गर्नुपर्ने बताए।

अदालत र बार एशोसिएशन तथा न्यायाधिश र कानून व्यवसायीहरुको भुमिका केही फरक रहेपनि सबैको लक्ष्य वा गन्तव्य न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति रहेको औल्याउँदै उहाँले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने बताए। प्रधानन्यायाधीश श्रेष्ठले आगामी साउनदेखि लागू हुनेगरी पाँचौं पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा भइरहेको भन्दै त्यसमा सुझाव दिन पनि नेपाल बार लगायत संवद्ध सबैमा आग्रह समेत गरे।

त्यस अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र न्यायपालिकाको मान्यतालाई अक्षुण्ड राख्दै संविधानले परिकल्पना गरेको न्यायपालिकाको भूमिकालाई सशक्त बनाउन नेपाल बारले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर