प्रहरीमा डीआईजी बढुवा, चार पदमा ३० जनाभन्दा धेरैको ‘लिगलिगे दौड’

नेपाल प्रहरीमा ४ डीआईजी पद रिक्त हुने भएपछि बढुवाको लागि प्रतिस्पर्धा सुरु भएको छ । प्रतिस्पर्धी सबै यतिबेला बालकोट र बालुवाटारदेखि बालाजुसम्म दौड र घरदैलोमा ब्यस्त छन् ।

सरकारले हालै एआईजीमा उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बढुवा गरेपछि २ डीआईजी पद रिक्त भएको थियो । यस्तै, डीआईजी विकासराज खनाल पनि उमेर हदका कारण अवकाशमा गएपछि ३ डीआईजी पद रिक्त भएको हो ।

अब डीआईजी सुरेन्द्र मैनाली जेठ १० मा उमेर हदका कारण अवकाशमा जाने भएपछि ४ डीआईजी पद रिक्त हुने भएको हो ।

बढुवाका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी र सत्तारुढ एमालेका जिल्लादेखि केन्द्रसम्मका नेता र बिचौलियाहरुको दाैडधुप बाक्लाे छ । कोठे, चौटे र रेष्टुरे बैठकमा केही थान एसएसपीहरु टोपी, चस्मा र मास्कसहित भेटियो भने अनौठो नमान्दा हुन्छ ।

बढुवाका दाबेदरमा आईजीपी बसन्तबहादुर कुँवरको ब्याची कृष्णहरि शर्मा पोखरेल, हाल प्रहरी प्रवक्ता रहेका दानबहादुर कार्की, मनोज केसी र सिद्धिविक्रम शाह बढुवा हुने प्रबल सम्भावना छ । यसबाहेक उमाप्रसाद चतुर्वेदी, सुशीलसिंह राठौर र राजन अधिकारी बलिया उम्मेदवार मानिन्छन् ।
रिक्त डीआईजी पदमा बढुवाका लागि आईजीपी कुँवरका ब्याचीहरु भोला रावल, ध्रुव राउत समेत दाबेदार छन् ।

यस्तै, एसएसपीहरु गणेश चन्द, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बर बहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल पनि डीआईजी बढुवाका लागि दाबेदार हुन् ।

डीआईजी बढुवाका अन्य दाबेदारमा एसएसपीहरु दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, गोविन्द थपलिया, माधव प्रसाद श्रेष्ठ, दीपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, किसन सिंह थापा, सुदर्शन प्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ, शारदा प्रसाद चौधरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर