राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन, अध्यादेश पेसलगायत सम्भावित कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

यसअघि हिजो बसेको बैठकमा नेपाली काँग्रेसले अवरोध गरेको थियो । सहकारी प्रकरण छानबिन समिति गठन गर्ने विषयमा दलहरूबिच सहमति नजुटेकोले आजको बैठक पनि प्रभावित हुने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर