८ करोडको कोकिनसहित ३ विदेशी महिला पक्राउ

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषधसहित ३ विदेशी महिलालाई पक्राउ गरेको छ ।

युगान्डाबाट आएका दुई महिला र उनीहरुसँग लागुऔषध लिन भारतबाट काठमाडौं आएकी एकसहित ३ महिलालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी रामेश्वर कार्कीले बताए ।

युगान्डाबाट आएका महिलाको साथबाट करिब ८ करोड रुपैयाँ बराबरको २ किलो ६५४ ग्राम कोकिन पनि बरामद भएको छ । उनीहरु यही वैशाख ३० मा नेपाल आएका थिए ।

४४ वर्षीय युगाण्डाली महिला केभिना मुगलाले प्लास्टिकले ¥याप गरेर निलेको अवस्थामा ९० वटा कोकिन क्याप्सुलहरु १ केजी २६० ग्राम फेला परेको छ ।

अर्की युगान्डाली नागरिकले चकलेटभित्र कोकिन मिसाएर ल्याएको पाइएको थियो । ती चकलेटमा १ केजी ३९४ ग्राम कोकिन बरामद भएको छ । कोकिन लिन आउने भारतीय महिला ३३ वर्षीया दिवाजनी पाल पनि पक्राउ परेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर