‘कालिमाटी २६’ लाई बलात्कार गरेको मुद्दामा फरार २ पक्राउ

प्रहरीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका २ प्रतिवादीलाई पक्राउ गरेको छ ।

गत वर्षको भदौ २९ मा काठमाडौं–१४ कलंकीस्थित लोमस गेस्ट हाउसमा कालिमाटी २६ (परिवर्तित नाम) लाई पटकपटक बलात्कार गरेको मुद्दामा फरार रहेका दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी पिपराका २० वर्षीय सौरभ झा र काभ्रे नमोबुद्धका २२ वर्षीय साजन अधिकारी छन् । झालाई बाफल र अधिकारीलाई ठमेलबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङबाट गत वर्षको पुस ४ मा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको पनि प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *