विपक्षीको नाराबाजीबीच सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज प्रदेशसभामा उनले एमालेको ११, माअ‍ोवादीको १० (सभामुख बाहेक), नागरिक उन्मुक्तिको २, समाजवादीको ४ र एक स्वतन्त्र प्रदेश सभा सदस्यको गरी २८ मत प्राप्त गरेका हुन् ।

प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।

विपक्षमा रहेका कांग्रेस र नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षधर सांसदले भने नाराबाजी गरेका थिए । सभामुख भीमबहादुर भण्डारीले संसदको काम कारबाही अगाडि बढाउने प्रयास गर्दा प्रदेश प्रमुख नजिर मियाँले असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाउँदै विपक्षीले बैठक अवरोध गरेका थिए । त्यसपति आधा घण्टाका लागि बैठक स्थगित भएको थियो ।

दोस्रोपटक सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न आदेश दिएपछि कांग्रेस र नाउपाका सांसदहरूले बेल घेराउ गर्दै सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर