नेपाली क्रिकेटलाई अझै माथि पुर्‍याउँछु : सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझै माथि पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

उच्च अदालत पाटनबाट बलात्कारको मुद्दामा सफाई पाएपछि बुधवार पत्रकार सम्मेलनका क्रममा क्रिकेटर लामिछानेले यसअघि नेपाललाई जहाँ पु¥याएको थियो, त्यो भन्दा पनि माथि पु¥याउन प्रयास गर्ने प्रतिक्रिया दिएका हुन् । गौशाला २६ ले आफूमाथि बलात्कार भएको भन्दै लगाएको मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको थियो । सोहीविरुद्ध सन्दीप उच्च अदालत गएका थिए । बुधवार उच्च अदालतले काठमाडौंको फैसला बदर गरेको हो ।

त्यससँगै पत्रकार सम्मेलनमा सन्दीपले यो मुद्दा खेपेको साढे एक वर्षभन्दा बढी समय भएको र आरोप लागेको पहिलो दिनदेखि नै आफू निर्दोष रहेको बताउँदै आएको समेत उल्लेख गरे । उनले आफूलाई धेरै तवरबाट फसाएर नभएको अपराधको दोेषी बनाइएको दाबी गरे । तथापि, अहिले न्याय पाएको उल्लेख गर्दै उनले यसअघि अदालतको फैसलालाई सम्मान गरेको र अहिले उच्च अदालतलाई पनि सम्मान गर्ने बताए । उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले जिल्ला अदालतले गरेको फैसला पूर्ण रूपमा उल्ट्याएको उल्लेख गर्दै उच्च अदालतले सफाई दिएको बताए ।

साथै प्रवक्ताले गौशला २६ नाबालिक नरहेको पनि फैसलामा उल्लेख भएको बताए । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले मुद्दा जाहेरीकर्ताप्रति पनि सम्मान गर्न सबैमा आग्रह गर्दै आत्मसम्मानमा ठेस पुग्ने किसिमका अभिव्यक्ति नदिन आग्रह गरे । सन्दीपले आरोप लागेदेखि नै कानून र अदालतको सम्मान गर्दै आएको सरोजकृष्णले बताए । साथै उनले सन्दीपमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिवन्ध फुकुवा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी जिम्मेवारी फिर्ता गर्नुपर्ने समेत जिकिर गरे । बुधवार नै क्यानले सन्दीपमाथि लगाइएको प्रतिवन्धसमेत फुकुवा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर