सिक्किममा बीपी कोइराला फाउन्डेसनको ३८ औं बैठक आयोजना
२ जेठ २०८१ १५:१६
बीपी कोइराला नेपाल–भारत फाउन्डेसनको ३८ औं बैठक सिक्किमको गान्तोकमा आयोजना गरिएको छ । सोमबार फाउन्डेसनको बैठक आयोजना गरिएको हो ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बैठकको सहअध्यक्षता गरेका थिए ।
बैठकले यसअघि ३७ औं बैठकले गरेका निर्णय तथा कामको समीक्षा गरेको थियो । साथै, नेपाल र भारतबीचको सम्बन्ध अझै सुमधुर बनाउने र थप सहकार्यमा जोड दिएको छ ।
प्रतिक्रिया