संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता छ : रमेश लेखक
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय छानबिन समिति बनाउने प्रतिवद्धता जनाएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले संसदीय छानबिन समिति बनाउने बताएको जानकारी दिएका हुन् । उनले नेपाली काँग्रेससँग प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रश्तुत गर्न दिन आग्रह गरेको र आफूले संसदीय छानबिन समिति बनाउन कोशिस गर्ने र समिति बनाउने काममा लाग्ने प्रतिवद्धता जनाएको बताए । उनले संसदीय समिति नबनेसम्म सरकारी काममा काँग्रेसले संसदमा प्रवेश गर्न नदिने स्पष्ट पारे ।
उनले भने, ‘प्रधानमन्त्रीजीले नीति तथा कार्यक्रम राष्ट्रपतिजीलाई सम्बोधन गर्न दिनुस्, मैले यहाँ समिति बनाउने कोशिस गर्दछु, भन्ने प्रतिवद्धता गर्नुभएको हो । समिति बनाउने काममा लाग्छु भन्ने प्रतिवद्धता गर्नुभएको हो । जबसम्म संसदीय छानबिन समिति बन्दैन, हामी सरकारी काममा प्रवेश गर्दैनौँ ।’
उनले नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्र अघि बढाउने ठोस नीति लिन नसकेको जिकिर गरे ।
प्रतिक्रिया