नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जगाउन सक्ने आएको छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जगाउने आएको प्रतिक्रिया दिएका छन् । मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिए ।
उनले नीति तथा कार्यक्रमका प्रतिवद्धता अनुसार सरकारले बजेट ल्याए निजी क्षेत्र सकारात्मक रहेको बताए। उनले नीति तथा कार्यक्रम राम्रो भए पनि सरकारले गर्ने कार्यान्वयनमा भर पर्नुपर्ने बताए । उनले सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रमहरु ल्याएको बताए । उनले सरकारले नीति तथा कार्यक्रममा कृषि र उत्पादनलाई प्राथमिकतामा राखिनु सकारात्मक भएको बताए । उनले बजेटमा सम्बोधन गरी कार्यान्वयनमा लैजानसके आशा जगाउने खालको कार्यक्रम रहेको बताए ।
‘ नीति तथा कार्यक्रमका प्रतिवद्धता अनुसार सरकारले बजेट ल्याउनुपर्छ । नीति तथा कार्यक्रम कार्यान्वयनमा भर पर्छ । सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रमहरु ल्याएको छ । नीति तथा कार्यक्रमको आधारमा आउने बजेट र कार्यान्वयनमा भरपर्छ’ उनले भने, ‘सरकारले नीति तथा कार्यक्रममा कृषि र उत्पादनलाई प्राथमिकता राखेको छ । त्यसलाई बजेटमा सम्बोधन गरी कार्यान्वयनमा लैजान सक्यो भने आशा जगाउने खालको कार्यक्रम छ । अर्थतन्त्रमा देखिएको सिथिलता हटाउने गरी अब बजेट आउनुपर्छ ।’
उनले सरकारले नीति तथा कार्यक्रमको प्रतिवद्धता र अर्थतन्त्रमा देखिएको शिथिलता हटाउने गरी अब बजेट आउनु पर्ने उल्लेख गरे ।
प्रतिक्रिया