लघुवित्तका ऋणीहरूको कर्जा पुनर्ताजकीकरण गरिने
१ जेठ २०८१ १५:३६
सरकारले लघुवित्तका ऋणीहरूको कर्जालाई पुनर्ताजकीकरण गर्ने जनाएको छ ।
मंगलबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लघुवित्तको ऋणलाई पुनर्ताजकीकरण र पुनःसंरचना गरिने बताएका हुन् ।
बैंक तथा वित्तीय संस्था सहकारी, बीमा र पुँजीबजारमा देखिएका समस्याको समाधान गर्न विभिन्न समयका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रतिक्रिया