
सचिवमा बढुवाका लागि यी ३ सहसचिवको नाम सिफारिस

कृषि तथा वन सेवा समूहमा रिक्त एक सचिव पदका लागि ३ जना सहसचिवको नाम सिफारिस गरिएको छ ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले दाबेदार सहसचिवको नाम सिफारिस गरेको हो ।
सिफारिसमा पर्नेमा कृषि तथा वन समूहबाट कृषितर्फका सहसचिवहरु सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी अर्याल र राजेन्द्रप्रसाद मिश्र छन् ।
कृषि विकास सचिव रेवतीरमण पौडेल अवकाशमा गएसँगै नयाँ सचिव नियुक्त गर्न लागिएको हो ।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया