बैंकिङ प्रणाली सुरक्षित र सबल भए मात्र आर्थिक स्थिरता: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुनको लागि बैंकिङ प्रणाली सुरक्षित र सबल हुन आवश्यक रहेको बताएका छन् ।

गभर्नर अधिकारीले बैंकहरु नबँचे भने सर्वसाधारणको निक्षेप बच्न नसक्ने भन्दै अर्थतन्त्र स्थिर र चलायमान हुनको लागि बैंकिङ प्रणाली सुरक्षित हुन जरुरी रहेको बताए । गभर्नर अधिकारीले सोमबार अर्थसमिति बैठकमा बोल्दै बैंकिङ प्रणालीलाई बचाउँदै सर्वसाधारणहरुको बचतलाई सुरक्षित बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

उनले बैंकिङ प्रणाली (बैंक) नबँचे मुलुकमा आर्थिक संकट आउने दाबी गरे । त्यसैले आर्थिक स्थिरताको लागि बैंकिङ प्रणाली धराशायी हुन नहुने जिकिर गरे । उनले बैंकिङ प्रणाली सुरक्षित र सबल हुनको लागि बैंकहरुकाले न्युनतम नाफा कमाउन आवश्यक रहेको बताए ।

बैंकहरुले ४ प्रतिशत सम्मको सर्भिस चार्जलाई राष्ट्र बैंकले तोकेर बैंकहरुले ०.७५ र माइक्रो फाइनान्समा १.५ भन्दा बढी लिन नपाउने व्यवस्थाले पनि बैंकहरुको नाफा कम हुँदै गएको उल्लेख गरे । अधिकारीले पाँच वर्षअघि बैंकहरुको नाफा ६७ अर्ब रहेकोमा पछिल्लो समय वार्षिक रुपमा ६० अर्ब पनि पुग्न छाडेको बताए ।

‘बैंकहरुको सुरक्षा के हो कति सबल छन् । सर्वसाधारणका बैंकहरु माथि विश्वास रहन्छ वा रहँदैन भन्ने बाहिर प्रश्न आइरहेको छ । बैंकहरु प्रति विश्वास रहेन भने मुलुकको अर्थतन्त्र नै अस्थिर हुन जान्छ । बैंकहरु माथि सर्वसाधरणको विश्वास कायम राख्न पनि बैंकहरु सुरक्षित, सबल हुनुपर्छ । त्यसको लागि न्यूनतम बैंकहरुलाई नाफा हुनुपर्छ । बैंकहरुले निरन्तर कमाउनुपर्छ । कमाइ कम हुनुहुँदैन । न्यूनतम कमाई हुनुपर्छ । हामी सबैको निक्षेप बैंकमा नै छ । सबैको बैंकमाथि विश्वास भएर सबैको सम्पत्ति बैंकमा राखिएको हो । भोलि त्यो बैंकिङ उद्योग कोल्याप्स भयो भने हामी सबैको विश्वास लुज हुन्छ । बैंकहरुलाई कसरी हुन्छ हामीले बचाउनुपर्छ । तर ग्राहकलाई बचाउने काम बैंकहरुको हुन्छ । बैंकहरुले धेरै नाफा कमाए भन्ने बाहिर गलत हल्ला भइरहेको छ । बैंकहरुको क्यापिटलको वेस ठूलो भएकाले अर्ब रुपैयाँ कमाउँदा पनि धेरै फिगरमा देखिएको हो,’ अधिकारीले भने ।

उनले  बैंकहरुले व्यवसायीहरुलाई कर्जाको किस्ताको रिस्टक्चरिङ दिएको तीन पटकसम्म सुविधा दिएको बताए । उनले त्यो सुविधा हुँदाहुँदै पनि बैंकका ऋणहरुलाई जोगाउनको लागि राष्ट्र बैंकले पुनःसंरचना र पुनःतालिकिकरण बारम्बार दिएको बताए । बैंकलाई सधैंभरि यो सुविधा दिइराख्दा भविष्यमा अर्को खालको अफ्ठ्यारो आउने खतरा रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर