स्ट्रिप च्याटमार्फत यौनजन्य क्रियाकलापमा संलग्न गराउने युवती पक्राउ

स्ट्रिप च्याटमार्फत बालबालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका–६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनलाई ‘स्ट्रिप च्याट’मा प्रयोग गरेका ल्यापटप, मोबाइल, वेब क्यामेरा र पारदर्शी कपडासहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अधिकारीले बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी उपलब्ध गराइदिने भन्दै सामाजिक सञ्जालमा विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्टमार्फत अश्‍लील कुराकानी गर्न लगाउने र यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्‍लील सामग्री निर्माणमा प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसूर मुद्दामा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर