संविधान बचाउन आवश्यक छ : पूर्वराष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानलाई बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले अहिलेको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, संघीयतासहितको र समावेशी तथा समानुपातिक रहेको बताए ।

उनले संविधान बचाएर लैजाने सबै नेपालीको जिम्मेवारी रहेको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको कुराप्रति इंगित गर्दै उनले संविधान नै सकिने अवस्थाबाट नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान बचाउन ठूलो भुमिका खेलेको बताए । संविधानलाई संशोधन गरी समायानुकल बनाउन आवश्यक हुने उनको भनाइ छ ।

हामीले जुन संविधान लिएर आएका छाैँ, त्यो संविधान लोकतान्त्रिक, गणतान्त्रिक छ, संघीयतासहित छ । समावेशी छ । समानुपातिक छ । आज ४५ हजार प्रतिनिधिहरू स्थानीय सरकारमा छन् । सबै समावेशी छन् । सही कुरा हामीले भन्दै जानुपर्छ । जुन संविधान ल्याएका थियौँ, संविधानलाई बचाएर लैजाने हामी नेपालीको जिम्मेवारी हो । त्यसमा बढी जिम्मेवारी माधव नेपालजीको छ । उहाँले यो जिम्मेवारी निर्वाह गर्नुभएको छ । संविधान नै खत्तम हुन थालेको थियो, त्यो संविधान बचाउन ठूलो रिस्क लिएर पाँच पार्टीलाई एक ठाउँमा ल्याएर बचाउनुभयो । यो ठूलो योगदान हो । उहाँ त्यो बेला अडिग नभएको भए यो संविधान रहन्न थियो । यत्रो ठूलो बलिदानपछि ल्याएको संविधान जुन छ, यसलाई कसरी बचाएर राख्ने, समयसापेक्षा कसरी परिवर्तन गर्ने, परिर्वतन र संशोधन गर्दै अघि बढ्नुपर्छ, पूर्वराष्ट्रपति यादवले भने ।

उनले आगामी दिनमा पनि झनै राम्रा काम गर्दै अघि बढ्न अध्यक्ष नेपाललाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर