सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
१ जेठ २०८१ ७:४७
सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज (मंगलबार)सार्वजनिक हुँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीइ संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ । यसका लागि मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।
संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ-आफ्नो आसन ग्रहण गरिसक्न आग्रह गरिएको छ।
प्रतिक्रिया