प्रतिबन्धित ‘वानएक्स बेट’को प्रचार गर्दै हाम्रो पात्रो

हाम्रो पात्रो एपले वनएक्स बेट (सट्टेबाजी) एप्लिकेसनको प्रचार गर्ने गरेको पाइएको छ।

हाम्रो पात्रो मोबाइल एपमा वनएक्स बेटको विज्ञापन देख्न सकिन्छ।

वनएक्स एप नेपालमा प्रतिबन्धित छ। तर हाम्रो पात्रो एपले विना धक वनएक्स बेटको प्रचार गरिरहेको छ। हाम्रो पात्रो एममा देखिने वनएक्स बेटको विज्ञापन गुगल एड हो। तर यसको नियमन भने हाम्रो पात्रो टीमले गरेको छैन। यसलाई रोक्न सकिने भएपनि सम्बन्धित पक्षले चासो नदिएको हो।

के हो वनएक्स बेट ?
वनएक्स बेट अनलाइन सट्टेबाजी प्लेटफर्म हो। नेपालमा यस प्रकरणका एप प्रयोग गर्न पाइन्न। तर हाम्रो पात्रो जस्तो लोकप्रिय एपले कानुनले बन्देज लगाएको कार्यलाई अझ बढवा दिएको छ। कतिपय देशमा सट्टेबाजी वैध छ । कर तिरेर बाजी लगाउन पाइन्छ । तर, नेपालमा पनि यससम्बन्धी कानुन छैन । पक्राउ परेकालाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर र दफा २३२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को (क) र (ख) लगायत कसुरमा अनुसन्धान गर्छ। जुन मुद्दामा उनीहरू सामान्य धरौटीमा नै छुट्ने गर्दछन् ।

प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले घटनाका विषयमा बुझेर कारबाही अघि बढाउने पर्दाफासलाई बताए। उनले आफुले जानकारी लिने कार्य गरिरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर