जसपा नेपालले लियो सरकारबाट समर्थन फिर्ता, प्रधानमन्त्रीले पार्टी फुटाएको आरोप

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताए ।

उनले जसपा नेपाल फुटाउन राज्य नै लागेको आरोप समेत लगाए । उनले सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गरेको यादवको दाबी छ । उनले सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको बिरुद्धमा आफूहरु लाग्ने चेतावनी दिए ।

‘राज्य नै लागेर फुटाइयो । सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लाग्नुभयो र पार्टी विभाजनपश्चात् राष्ट्रिय राजनीतिमा जुन घटनाहरु भइरहेका छन्, त्यहाँ नैतिक रुपले बसिरहन मिलेन । हामी १२ सिट लिएर सरकारमा सहभागी भएका थियौँ । एउटा निश्चित उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौँ । तर दुर्भाग्यपूर्ण हाम्रो पार्टी विभाजन भयो । नैतिक रुपमा सरकारबाट राजीनामा गरेर समर्थन फिर्ता लिएका छाँै । संसदीय व्यवस्थामा गणितको ठूलो मूल्य हुन्छ, यो विभाजनमा स्वयं प्रधानमन्त्रीज्युले नै यसमा मेरो पनि हात छ, भनेर स्वीकार गरिसकेपछि त्यहाँ बसिरहन उचित लागेन । १२ को संख्या लिएर गएका थियौँ, त्यो नरहेपछि त्यहाँ राजनीतिक र नैतिक रुपमा पनि बसिरहन उचित लागेन । सरकारले गैरजिम्मेवारी काम ग¥यो त्यसको बिरुद्धमा हामी लाग्नेछौँ । आन्तरिक शक्ति सञ्चय पहिला गर्नेछौँ । आन्तरिक किचलो छ, विभाजनले गर्दा,’ यादवले भने ।

सांसद यादवले विभाजित भएर जाने नेताहरुले आफूहरुको आन्दोलनमा घाटा हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर