कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
३१ वैशाख २०८१ १५:३६
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । आज प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।
९३ सदस्यीय प्रदेश सभामा ६२ सांसद उपस्थित थिए, पक्षमा ५७, तटस्थ ५ मत परेको छ । विपक्षमा कसैको मत परेन । एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार यही वैशाख २७ मा कार्र्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।
कांग्रेसले प्रदेशसभाको बैठक नै बहिष्कार गरेको थियो । कांग्रेस नेता तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले वर्तमान प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
प्रतिक्रिया