पार्टी विभाजनविरुद्ध सर्वोच्चमा उपेन्द्र यादवको रिट

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

जसपा नेपालबाट विभाजन भएर बनेको जसपालाई निर्वाचन आयोगले दलको मान्यता दिने निर्णयविरुद्ध उनले आज रिट दायर गरेका हुन् । रिटमा बुधबार पेसी तोकिएको छ । रिटमा नवगठित जसपाका् ७ सांसदहरुलाई पनि विपक्षी बनाइएको छ ।

सत्ता गठबन्धन भत्काउन खोजेको भन्दै गत वैशाख २३ मा अशोक राई पक्षले जसपा नेपालबाट अलग्गिएर जसपा गठन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर