संसद अवरोध र नीति–कार्यक्रमबारे सभामुख र प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ ।

आज बिहान सभामुख घिमिरेले टेलिफोन गरी प्रधानमन्त्री दाहालसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । त्यसक्रममा उहाँहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको पनि अधिकारीले बताए ।

प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल, सत्ताघटक दलहरूसँग विपक्षीका मागबारे कुराकानी भएको र आज साँझसम्म निष्कर्षमा पुगिने बताएको सभामुखलाई उद्धृत गर्दै अधिकारी जानकारी दिए ।

प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए । प्रधानमन्त्री दाहलले आफू चितवनबाट फर्केलगत्तै संसदको गतिरोध अन्त्यका विषयमा संवाद सुरू गर्ने पनि जानकारी गराउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुखले हिजो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेका थिए । उनले नीति तथा कार्यक्रम र बजेटमा राजनीति नगरी सहमति गनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *