अमेरिका लैजाने भन्दै केन्या लगेर बन्धक बनाएको आरोपमा ३ पक्राउ

अवैध बाटोबाट अमेरिका र क्यानडा लैजाने भन्दै केन्या लगेर बन्धक बनाएको आरोपमा थप ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ गाउँपालिकाका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विक छन् ।

उनीहरुले अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाएर केन्यामा लगेर ९ महिनासम्म बन्धक बनाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ गाउँपालिकाका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विक छन् । तिनैजनालाई कञ्चनपुरको गड्डाचौकी नजिकैबाट आइतबार पक्राउ गरिएको हो ।

यही घटनामा यसअघि सिन्धुपाल्चोकका ४७ वर्षीय टासी शेर्पा, ४२ वर्षीया ङिमबुटी शेर्पा र १९ वर्षीया निमा शेर्पा पक्राउ परिसकेका छन् ।

बन्धकमा परेकाहरु नेपाल फर्किएपछि प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । भारतको नयाँ दिल्लीमा बसेर उनीहरुले विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर