विमानस्थलमा दुबईबाट ल्याएकाे पाँचकिलाे सुन बरामद

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५ किलो सुन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक वर्ष ३३ का सुरेश कुमार र वर्ष ३४ का मोहन कुमार गणेशन रहेका छन् ।

आइतवार साँझ दुवईबाट आएको बिमानमा सवार उनीहरुलाई भन्सार चेकिङ पश्चात शंकास्पद अवस्था प्रहरीले चेकजाँच गर्दा उक्त सुन बरामद भएको प्रहरीले जनाएको छ ।

कुमारको साथबाट २ किलो ६ सय ग्राम र गणेशनको साथबाट २ किलो ५ सय ग्राम गरि ५ किलो एक सय ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुले शरिरमा लगाएको कपडा भित्र लुकाईछिपाइ ल्याएको पाइएको छ ।

याे ताैल कपडामा लेपन भएकाे सहित हाे । प्रहरीले सुनकाे यकिन ताैल बताएकाे छैन्।

सुनसहित पक्राउ परेका दुवैलाई प्रहरी वृत्त गौसालामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *