ठगी आरोपमा चार जना पक्राउ
३० वैशाख २०८१ २०:१५
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भनी ७३ लाख ५० हजार ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर बस्तीपुर १९ घर भई हाल काठमाडौँ आरुबारी बस्ने ३० वर्षीय निमा रिञ्जिन, ललितपुर महानगरपालिका-९ ईमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य, सोही ठाउँकी ५६ वर्षीया कल्पना बज्राचार्य तथा रामेछाप मन्थली नगरपालिका-९ स्थायी घर भई हाल काठमाडौँ गोकर्णेश्वर-५ जोरपाटी बस्ने ३४ वर्षीया चन्द्रमाया थापा छन् ।
आरोपितहरुलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया