राष्ट्रिय महाधिवेशनमा प्रश्तुत हुने दस्तावेजहरुमा पार्टीभित्र फरकमत छैन : नेकपा एस
नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आगामी महाधिवेशनमा प्रश्तुत गर्ने दस्तावेजहरुका नेताहरुको फरक मत नरहेको बताएको छ ।
अध्यक्ष माधवकुमार नेपालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, सम्माननित नेता झलनाथ खनालले प्रश्तुत गर्नुभएको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले प्रश्तुत गरेको संगठनात्मक प्रतिवेदन र उपाध्यक्ष डा. वेदुराम भुसालले प्रश्तुत गर्नुभएको विधान सम्बन्धि मस्यौदा प्रतिवेदनमा नेताहरुको फरक मत नरहेको दाबी गरेको हो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आज सम्पन्न पार्टी स्थायी कमिटीका सदस्यहरुले पनि ती दस्तावेजहरुमा फरक मत राखेको बताए । नेकपा एसले पार्टीको आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा बोलाइएको राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने दस्तावेजहरुमाथि छलफल गर्न बोलाइएको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । भोलि सोही विषयमा छलफल गर्न पोलिटब्युरो बैठक बोलाइएको र पर्सीबाट शुरु हुने केन्द्रित कमिटी बैठकले त्यसलाई परिमार्जनसहित पारित गरेर छलफलका लागि जिल्ला तहमा पठाइने प्रवक्ता खतिवडाले बताए ।
उनले भने, ‘यो महाधिवेशनमा ४ वटा दस्तावेजमा छलफल हुनेछन् । एउटा राजनीतिक प्रतिवेदन, अर्को संगठनात्मक प्रश्ताव । पार्टीको समाजवादी कार्यक्रम र विधान । यी सबै विषयमा आज हाम्रा स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा व्यक्त गर्नुुभएको छ । यसलाई समेटेर पोलिटव्युरोमा प्रश्तुत गर्नेछौं । पोलिटव्युुरोमा उठेका धारणाहरु समेटदै केन्द्रिय कमिटीमा प्रश्तुत गर्नेछांै । र केन्द्रिय कमिटीमा व्यक्त भएका विचारहरुसहित महाधिवेशनका दस्तावेजहरुलाई अन्तिम रुप लिएर जिल्ला कमिटीहरुमा छलफलका लागि पठाईनेछ । यसमा कुनै असहमती छैन । एउटै दस्तावेज आधिकारिक रुपमा देशव्यापी रुपमा जानेछ ।’
नेकपा एसले महाधिवेशनमा प्रश्तुत हुने सबै दस्तावेजहरु एकमतका साथ देशव्यापी रुपमा लैजाने दावी समेत गरे ।
प्रतिक्रिया