मधेस सरकारबाट एमाले पनि बाहिरियो
३० वैशाख २०८१ १७:४३
जसपा नेपाल नेतृत्वको मधेस सरकारबाट एमाले पनि बाहिरिएको छ । आज एमालेका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।
मधेसमा एमालेका चार जना मन्त्री र दुई राज्यमन्त्री थिए । एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी गृह तथा सञ्चार, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति र शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । त्यसैगरी केशव राय र शारदादेवी थापा राज्यमन्त्री थिए ।
माओवादीका मन्त्रीले पनि आज नै राजीनामा बुझाएका थिए । एमाले र माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
प्रतिक्रिया