राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन: पूर्वप्रधानमन्त्री डा. भट्टराई
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आज आयोजित ‘नेपालको अर्थतन्त्रमा वर्तमान परिदृष्य र अबको यात्रा’ विषयक अन्तरसंवादमा डा. भट्टराईले अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता र त्यसका लागि राजनीतिक संरचनामा परिवर्तन आवश्यक रहेकामा जोड दिए ।
‘अर्थतन्त्रको अवस्था सुधार्न गम्भीर शल्यक्रिया गर्नुपर्नेछ । त्यसका लागि राजनीतिक क्षेत्रमा गम्भीर हस्तक्षेप नगरी हुँदैन । अहिलेको अस्थिर राजनीतिक प्रणाली रहेसम्म राजनीतिक स्थिरता र सही राजनीतिक नेतृत्वको विकास हुँदैन । त्यसकारण देश विकासका लागि राजनीतिक संरचना बदल्न आवश्यक छ,’ उनले भने ।
अहिलेको व्यवस्थामा छ/छ महिनामा सरकार फेरिने र विकासको कुनै प्राथमिकता नहुने हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पूर्णसमानुपातिक संसद् बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्ने उनको भनाइ छ ।
‘सरकार छ/छ महिनामा फेरिएका छन् । त्यसले प्राथमिक विषयमा पनि काम गर्न सकिएको छैन । त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र मुख्यमन्त्री, पूर्णसमानुपातिक संसद हुनेगरी सुधार आवश्यक छ,’ डा. भट्टराईको भनाइ थियो ।
यस्तै, भ्रष्टाचार नियन्त्रणका लागि संसदप्रति उत्तरदायी हुने अधिकार सम्पन्न जनलोकपाल निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए ।
- ७६३ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)
- लहडको भरमा निर्णय लिँदा विमानस्थलहरूबाट प्रतिफल प्राप्त भएन : माधव नेपाल
- ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
प्रतिक्रिया