दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ

दाङमा दुई महिलाको हत्या भएको छ। घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको शनिवार दिउँसो हत्या भएको हो।

हत्या हुनेमा सुर्खेत घरभई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी करिब ४४ बर्षीया संगीता सुनार र रुकुम घरभई सोही ठाउँ बस्दै आएकी करिब ५० बर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या पाएको खवर प्राप्त गरेपछि प्रहरी घट्नास्थलमा पुगेर घट्नाबारेमा बुझ्ने काम भइरहेको बताए।

उनका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जना पुरुषलाई नियन्त्रणमा लिइएको छ। घट्ना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर